ad ad

खेल


एनएमबी–कपअन यू १४ फुटबलमा चेल्सी च्याम्पियन

एनएमबी–कपअन यू १४ फुटबलमा चेल्सी च्याम्पियन

नेपालखबर
साउन २६, २०८० शुक्रबार २१:२५, काठमाडौँ

एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ। बूढानीलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रबार भएको फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो।

चेल्सीका स्ट्राइकर आदित्य शाहले फाइनलको एकमात्र गोल गरे। उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै चेल्सीलाई ट्रफी दिलाएका हुन्। 

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रम्हकुञ्जलाई १–० ले परािजत गर्‍यो।

सेमिफाइनलमा चेल्सीले ब्रम्हकुञ्जलाई २–१ र मनकामनाले रिब्सलाई ४–० ले पराजित गरेको थियो। 

क्वाटरफाइनलमा चेल्सीले जोसेफ हाईस्कुललाई २–०, मनकामनाले वेदव्यासलाई ३–०, रिब्सले लिभिङ वर्डलाई २–१ र ब्रम्हकुञ्जले माउन्ट ग्लोरीलाई गोलरहति बराबरीपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडीको अवार्ड चेल्सीका आदित्य शाहले हात पारे।

चेल्सीकै आयुष यादवले बेट गोलकिपर र नकआउट चरणमा चार गोल गरेका मनकामनाका अनिष दंगालले हाईएस्ट स्कोररको अवार्ड प्राप्त गरे। फेयर–प्ले टिम हाईली क्रिएटिभ स्कुल घोषित भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .