ad ad

खेल


महिला विश्वकपको पहिलो सेमिफाइनलमा स्वीडेन र स्पेन भिड्ने

महिला विश्वकपको पहिलो सेमिफाइनलमा स्वीडेन र स्पेन भिड्ने

नेपालखबर
साउन २६, २०८० शुक्रबार १६:२२, काठमाडौँ

जापानलाई पराजित गर्दै स्वीडेन फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

इडेन पार्कमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा जापानलाई २–१ ले पराजित गर्दै स्वीडेनले स्पेनसँगको भेट पक्का गरेको हो। 

खेलको ३२औं मिनेटमा अमान्डा इलेस्टेडको गोलमा स्वीडेनले सुरुवाती अग्रता बनाएको थियो। ५१औं मिनेटमा फिलिप एन्जेल्डलको पेनाल्टी गोलमा स्पेनले अग्रता दोब्बर पार्यो। 

खेलको ७८औं मिनेटमा युकीले पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा खेलमा फर्कने सुन्दर मौका गुमायो। 

पेनाल्टी एरियामा स्वीडेनका खेलाडीले लगाएपछि जापानले पेनाल्टी अवसर पाएको थियो। 

खेलको ८७औं मिनेटमा होनाका हानासीको गोलमा जापानले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि निकै ढिला भैसकेको थियो। 

आजै भएको वेलिंगटन रिजनल स्टेडियममा शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा नेदरल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो। 

पहिलो सेमिफाइनलमा स्वीडेन र स्पेन मगंलबार भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .