खेल


ग्यारी ओ निल वुल्भ्सको प्रशिक्षकमा नियुक्त

ग्यारी ओ निल वुल्भ्सको प्रशिक्षकमा नियुक्त

नेपालखबर
साउन २५, २०८० बिहिबार १२:११, काठमाडौँ

बर्नमाउथका पूर्व प्रशिक्षक ग्यारी ओ निल वुल्भ्सको प्रशिक्षकमा नियुक्त भएका छन्। 

ओ निलले जुलेन लोपेटेगुईको स्थान लिदै आगामी तिन वर्षका लागि वुल्भ्समा पुगेका हुन्। 

सन् २०२३–२४ को प्रिमियर लिग सुरु हुनुभन्दा अघि गेरी ओ निल वुल्भस पुथेका हुन्। 

गत सिजन ओ निलको प्रशिक्षणमा रहेको बर्नमाउथले १५ औँ स्थानमा रहँदै लिग सकाएको थियो। तर उनलाई १९ जुनमा बर्खास्त गरेको थियो। 

वुल्भसका खेलकुद निर्देशक म्याट हब्सले गेरी बलियो सिद्धान्त भएको र खेलाडीलाई उत्प्रेरणा दिन सक्ने युवा प्रशिक्षक भएको बताएका छन्। 

उनले थपे, ‘यो एक नयाँ र आउँदै गरेको बेलायती प्रशिक्षकसँग केही फरक गर्ने अवसर हो। हामीले भेटेका मानिसहरुबाट ग्यारी सही व्यक्ति हुन्।’ 

ओ निलको नेतृत्वमा रहेको वुल्भ्सले सोमबार राति ओल्ड ट्राफोर्डमा म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad