ad ad

खेल


अन्तिम खेलमा पत्नी र छोरीसँग रमाइलो गर्दै स्टुअर्ट ब्रोड (केही विशेष तस्बिर)

अन्तिम खेलमा पत्नी र छोरीसँग रमाइलो गर्दै स्टुअर्ट ब्रोड (केही विशेष तस्बिर)

तस्बिरहरू : रोयटर्स र पीए


नेपालखबर
साउन १६, २०८० मंगलबार ९:४९, काठमाडौँ

एशेज सिरिजको पाँचौं टेस्ट खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ४९ रनले हराएको छ।

लन्डनको ओभल मैदानमा भएको यस खेलमा ३८४ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाको दोस्रो इनिङ्स ३३४ रनमा समेटिएको थियो।

यो सिरिज २–२ को बराबरीमा सकियो। 

यो खेलमा जित दर्ता गर्दै इंग्ल्यान्डको टोलीले आफ्ना फास्ट बलर स्टुअर्ट ब्रोडलाई अविस्मरणीय बिदाइ गरेको छ। अस्ट्रेलियाका लागि ब्रोडले अन्तिम दुई विकेट लिए।

ब्रोडले कूल ६०४ विकेट लिएर टेस्ट म्याचलाई अलबिदा भनेका छन्। स्टुअर्ट ब्रोडले २००७ मा आफ्नो पहिलो टेस्ट खेलेका थिए।

स्टुअर्ट ब्रोडको बलमा भारतीय क्रिकेटर युवराज सिंहले टी–२० विश्वकप २००७ मा एक ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए।

पछिल्लो खेलमा ब्रोड आफ्नो पार्टनर र छोरीसँग मैदानमा रमाइलो गरिरहेको पनि देखिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .