ad ad

खेल


राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभरले गर्‍यो २५ लाख प्रायोजन

राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभरले गर्‍यो २५ लाख प्रायोजन

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार ७:९, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले २५ लाख रुपैयाँको प्रायोजन गरेको छ। 
    
युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एक वर्षको अवधि रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे।
    
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण रहेको भन्दै नेपाली महिला खेलाडीले सीमित स्रोत साधनका बाबजुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बताए। 

एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा यस सम्झौताले निकै सहयोग पुग्ने बताए। पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने उल्लेख उनले गरे।
    
यसैगरी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले महिला फुटबलको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाले प्रायोजन गरेको बताए। नेपाली महिला टिम भर्खरै बंगलादेशविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेर फर्किएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .