ad ad

खेल


लिभरपुल छाडेर साउदी क्लब अल अहलीमा गए फिर्मिनो

लिभरपुल छाडेर साउदी क्लब अल अहलीमा गए फिर्मिनो

नेपालखबर
असार २०, २०८० बुधबार १२:५९, काठमाडौँ

लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनो साउदी प्रो लिग क्लब अल–अहलीमा आवद्ध भएका छन्। 

फिर्मिनो तीन वर्षका लागि साउदी पुगेका हुन्। गत सिजनको अन्त्यमा लिभरपुलसँग सम्झौता सकिएपछि ३१ वर्षीय ब्राजिलका फरवार्ड फ्रि एजेन्ट थिए। 

सन् २०१५ मा होफेनहाइमबाट लिभरपुल आएपछि फिर्मिनोले रेड्सका लागि ३६२ खेलमा १ सय ११ गोल गरेका थिए। 

यो समरमा साउदी क्लबले हस्ताक्षर गर्ने थुप्रै नाममध्ये फर्मिनो पनि एक हुन्। यसअघि क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा, एन गोलो कान्टे, एडुआर्ट मेन्डी पनि साउदी पुगेका थिए। 

यसअघि चेल्सी छाडेका सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डी पनि अल–अहलीमा पुगेका थिए। 

पछिल्लो समय विश्वका चर्चित खेलाडीको साउदी आकर्षणले विश्वको शीर्ष पाँचमध्ये एक बन्ने साउदी प्रो लिगको महत्वकांक्षालाई टेवा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .