ad ad

खेल


सन्दीप र गुलशन : जसले आठौं विकेटमा गरे कीर्तिमानी साझेदारी

सन्दीप र गुलशन : जसले आठौं विकेटमा गरे कीर्तिमानी साझेदारी

सन्दीप र गुलशन। तस्बिर : नेपाल क्रिकेट संघ


नेपालखबर
असार १९, २०८० मंगलबार १६:५७, काठमाडौँ

ओपनर र टप अर्डर नचलेर संकटमा परेको नेपाललाई मंगलबार सन्दीप लामिछाने र गुलशन झाले उद्धार गरे।

नेपालका भरपर्दा ब्याटरहरु फ्लप भइरहँदा लेग स्पिनर सन्दीप र अलराउन्डर गुलशन झाले नेपालको स्कोर सम्मानजनक अवस्थामा पुर्‍याए। 

आठौँ विकेटका लागि गुलशन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरेका हुन्।  

ओडीआईमा आठौँ विकेटका लागि नेपालबाट भएको यो उच्च साझेदारी हो। यसअघि आइतबार आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र सन्दीपले यूएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए।

सन्दीपसँग साझेदारीका क्रममा गुलशनले ४० बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे। 

सन्दीपले ३० बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाए। करण केसी ४ रनमा आउट भए।  

नेपालको स्कोर २६८ पुग्दा गुलशन झा ५७ र किशोर महतो १ रनमा नटआउट रहे।  गुलशनले ४२ बलमा बलमा ४ चौका र २ छक्का हाने।

त्यसअघि नेपालका विकेट किपर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाएका थिए। अर्धसतकमा चुकेका उनी एलबीडब्लु धरापमा परेका थिए।

अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका थिए। आजको खेलमा कप्तान रोहित पौडेल ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा क्याच आउट भएका थिए।

त्यसपछि ३८ बलमा ५ चौका र २ छक्का हानेका कुशल मल्ल ४४ र भीम सार्की २० रनमा क्याच आउट भएका थिए।

आयरल्यान्डविरुद्ध ओपनर कुशल भुर्तेल चल्न सकेनन्। उनी ८ रनमा क्याच आउट भए। पूर्वकप्तानक ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमै क्याच आउट भए।

यसअघि चम्किएका दिपेन्द्र सिंह ऐरी शून्यमै एलबीडब्लू धरापमा परे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .