ad ad

खेल


विश्वकप छनोट : ३० सदस्यीय प्रारम्भिक टोली घोषणा, प्रशिक्षण साउन १६ देखि

विश्वकप छनोट :  ३० सदस्यीय प्रारम्भिक टोली घोषणा, प्रशिक्षण साउन १६ देखि

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १३:५४, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेनजो अल्बेर्टो एनेसेले फिफा विश्वकप छनोटका लागि प्रारम्भिक ३० सदस्यीय टोली घोषणा गरेका छन्। 

आगामी साउन १६ गतेदेखि प्रशिक्षण अघि बढाउने गरी प्रशिक्षक एनेसेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्। अब टोलीमा परेका खेलाडीहरुलाई एन्फाको क्लोज क्याम्पमा बोलाइनेछ।

यसअघि भारतमा भएको साफ च्याम्पियन्सिप फुटबल प्रतियोगितामा नेपालले निराशाजनक प्रदर्शन गरेको थियो। समूह चरणबाटै बाहिरिएको नेपालले अब विश्वकप छनोट खेल खेल्नेछ।

को को परे टोलीमा?

 

गोल किपर : किरणकुमार लिम्बु (आरजी पञ्जाव एफसी), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

रक्षापंक्ति: विमल पाण्डेय (त्रिभुवन आर्मी क्लब), सनिश श्रेष्ठ (एपीए फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मच्छिन्द्र फुटबल क्लब), अनिष गुरुङ (मनाङ मर्स्याङ्दी क्लब), रोहित (पेर्सिक केद्री), सिमान्त थापा (जावलाखेल क्लब), एन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)

मिडफिल्डर : एरिक विष्ट चर्च ब्वाइज युनाइटेडd), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार क्लब), आवास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मच्छिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), क्रिटिश रत्न छुन्जु (एनआरटी)

फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी क्लब), दिनेश हेन्जन (त्रिभुवन आर्मी क्लब)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .