ad ad

खेल


युवासंघको आयोजनामा उपत्यकास्तरीय फुटसल सुरु, विजेतालाई २ लाख

युवासंघको आयोजनामा उपत्यकास्तरीय फुटसल सुरु, विजेतालाई २ लाख

नेपालखबर
असार १४, २०८० बिहिबार १८:२४, काठमाडौँ

नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ।

संगठनका अध्यक्ष क्षितिज थेबेले उक्त प्रतियोगिताको उद्घाटन गरे। थेबेले एमालेमा नबयुवाहरुको आकर्षण बढेको बताए।

राष्ट्रियता, आमजनताको जनजीविका, कृषकको पक्षमा एमाले कटिबद्ध रेको उनले बताए। महंगी र भष्ट्रचारबारे अनेकौँ मुद्दामा एमालेले खबरदारी गरिरहेको उनको भनाइ थियो। 

युवा संघले युवाहरुलाई लक्षित गरि उद्यमशीलताको विकास र अन्य रचनात्मक कार्य गर्ने भएकाले पनि युवाहरुको क्रेज एमालेप्रति भएको बताए। 

यो प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट एक खेलाडी र उत्कृष्ट गोल रक्षकलाई समानस्वरुप १०-१० हजार दिइने बताइएको छ। 

प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरस्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुका फुटसल टिमलाई सहभागी गराइँदैछ।

उपत्यकाका २१ वटै स्थानीय तहबाट १४ गतेदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ-आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइने भएको छ। पालिका च्याम्पियनहरुबीच असार २३ गते फाइनल खेल हुने  छ।

खेलका माध्यमबाट खेलाडीप्रति  आमनागरिक, संघ-संस्था तथा राजनीतिक दलहरुलाई प्रेरित गर्दै सरकारलाई जवाफदेही बनाउनु प्रतियोगिताको आयोजकले उद्देश्य रहेको युवा संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .