ad ad

खेल


भारतविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा

भारतविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा

नेपालखबर
असार ९, २०८० शनिबार २०:४०, काठमाडौँ

भारतमा जारी साफ च्याम्पियनसिपको पहिलो हाफमा नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको छ।  

बैंग्लोरको श्री कान्तिरभा स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो। 

खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। 

खेलको १७ औं मिनेटमा लकेन लिम्बुको बर्नरमा एरिक विष्टको प्रहार भारतिय गोलरक्षकले बचाउँदा नेपाल अग्रता बनाउनबाट चुक्यो। 

८ पटकको च्याम्पियन भारत नेपाललाई हराउँदै सेमिफाइनल प्रवेश सहज बनाउन चाहन्छ। यता नेपाली टोली भने भारतलाई घरेलु भुमिमा नै स्तब्ध पार्ने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .