ad ad

खेल


नेपाल–चीन ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई, नेपाली टिम दोस्रो

नेपाल–चीन ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई, नेपाली टिम दोस्रो

नेपालखबर
असार ९, २०८० शनिबार १४:४१, काठमाडौँ

पहिलो नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले हात पारेको छ। पोखरामा शुक्रबारदेखि सुरु भएको खेल अन्तर्गत शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित हात पारेको हो। 

त्यस्तै, नेपालको नारा ड्रागन बोट टिम’ले दोस्रो स्थान हात पारेको छ। 

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल ९हान० र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज ९नारा० र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसंगको सहकार्यमा असार ७ र ८ गते  पोखरामा  नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३  सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .