ad ad

खेल


दोस्रो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल

दोस्रो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल

सोमबार जिम्बाब्वेसँग खेल्दै नेपाल


नेपालखबर
असार ५, २०८० मंगलबार १०:१६, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। 

खेल नेपाली समयानुसार दिउँसो पाैने १ बजे जिम्बाब्वेको ताकासि‌ंगा स्पोर्ट्स क्लबमा हुनेछ। 

आजको खेलमा नेपाल र अमेरिका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। 

नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हार्‍यो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले। 

नेपाल र अमेरिकाबीच अहिलेसम्म ३ ओडीआई खेल भएको छ।

जसमा नेपालले ३ खेलमा जित, २ मा हार र एक खेल बराबरीमा सकिएको छ। नेपाल र अमेरिकाबीचको ६ खेल आइसिसी विश्वकप लिग २ मा भएको थिए। 

विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ।  समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .