ad ad

खेल


यी ६ युवा स्टार, जसले आईपीएल २०२३ मा आफ्नो छाप छोडे

यी ६ युवा स्टार, जसले आईपीएल २०२३ मा आफ्नो छाप छोडे

आईपीएल-२०२३ को उपाधि जितेपछि खुसी मनाउँदै चेन्नई


नेपालखबर
जेठ १७, २०८० बुधबार ७:२१, काठमाडौँ

इतिहासमा जब पनि आईपीएल-२०२३ को चर्चा हुनेछ, शुभमन गिलको ब्याटिङका ​​किस्सा पढिनेछन्। आईपीएल-२०२३ सिजनपछि भारतीय युवा ब्याट्सम्यानको कद झनै बढेको छ।

तर यो सिजनमा गिलबाहेक केही अन्य युवा भारतीय खेलाडी पनि थिए, जसले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। तर भारतीय चयनकर्ताको ढोकामा ठूलो दस्तक दिएका छन्।

आउनुहोस्, यो सिजनको आईपीएलमा आफ्नो छाप छाडेका केही युवा खेलाडीको चर्चा गरौँ।

यशस्वी जैशवाल
खेल क्षेत्रमा जोस बटलरसँग ओपनिङ साझेदारी गर्ने र उनीभन्दा छिटो र शक्तिशाली इनिङ्स खेल्न सक्ने निकै थोरै ब्याट्सम्यान छन्। तर त्यो चमत्कार यो सिजनमा राजस्थान रोयल्सका ओपनर यशस्वी जैसवालले देखाएका थिए।

लिग खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गरेको छ।

उक्त खेलका नायक जैसवाल थिए, जसले ४३ बलमा ७७ रन बनाए। खेलपछि भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले जैसवालको प्रशंसा गर्दै भनेका थिए, 'जैसवालले पहिलो ओभरमा जसरी बाउन्ड्री प्रहार गरे, त्यसले चेन्नईको हातबाट खेल खोसेको थियो।'

जैसवालका लागि यो सिजन यादगार रह्यो। उनले १४ इनिङ्समा ४८ को औसतमा ६२५ रन बनाए।

उनले लगातार आफ्नो टोलीलाई द्रुत सुरुवात दिलाएका थिए। १३ बलमा अर्धशतक बनाएर आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान पनि बनाए। यसबाहेक उनले शतकको कीर्तिमानी पनि बनाए।

उनको ब्याटिङलाई हेर्दा उनी विश्व टेस्ट च्याम्पियनसिपमा स्ट्यान्डबाइ खेलाडीका रूपमा छनोट भएका थिए, जसले उनलाई भारतीय टोलीमा खेल्न समय मात्रै बाँकी रहेको देखाउँछ।

रिंकु सिंह
अलिगढमा सामान्य जीवन बिताइरहेका रिंकु सिंह रातारात आईपीएल स्टार बनेका छन्। जब पनि आईपीएल २०२३ सिजनको हाइलाइट  देखाइनेछ, रिन्कु सिंहको लगातार ५ म्याच जित्ने छक्का बिर्सिइने छैन।

गुजरातविरुद्ध खेल भइरहेको थियो। अन्तिम ओभरमा २९ रन बनाउनु पर्ने थियो। उक्त चुनौतीलाई सजिलै पूरा गरेका थिए रिंकुले।

कोलकाताका लागि रिंकुले यस सिजनमा ४ अर्धशतकसहित सर्वाधिक ४७४ रन बनाए।

एक अन्तर्वार्तामा सञ्जय मांजरेकरले रिंकु सिंहलाई भारतीय टिममा लिने समय आएको बताएका छन्। उनीहरूलाई ‘भारत ए’ मा खेलाएर राष्ट्रिय टोलीमा ल्याइ लामो बाटो हिँडाउनुको सट्टा सिधै टोलीमा लैजानुपर्ने उनले बताएका छन्।

भारतले पछिल्लो टी–२० विश्वकपमा दिनेश कार्तिकलाई २ ओभर मात्रै भए पनि खेल्न दिएको थियो। त्यसरी नै रिंकु सिंहले पनि भारतका लागि योगदान गर्न सक्ने विज्ञहरू बताउँछन्।

सुनिल गावस्करले होस्ट र ब्रोडकास्टरसँगको अन्तर्वार्तामा रिंकुको ब्याटिङ निकै परिपक्व भएको बताएका छन्। रिंकुले ५ बलमा २५ रन पनि बनाउन सक्ने र खराब समयमा पनि समर्थकको मुहारमा खुसी ल्याउनेगरी खेल्न सक्ने भनी उनको प्रशंसा गरेका छन्। इनिङमा पनि रिंकुको प्रदर्शन उत्कृष्ट रहेको टिप्पणी उनले गरे।

यस सिजनमा झण्डै ६० को औसतमा रन बनाउने रिंकु सिंह कोलकाताका एक सामान्य खेलाडीबाट उठेर टिमको मुख्य हतियार बने।

तुषार देशपाण्डे
तुषार देशपाण्डेको सफलतामा कप्तान महेन्द्र सिंह धोनी र बलिङ कोच ड्वेन ब्राभोको ठूलो हात रहेको सुनिन्छ। यो सत्य पनि हो। तर यो पनि सत्य हो कि यो सिजनमा एक्लै २१ विकेट धोनी र ब्राभोले होइन, तुषार देशपाण्डेले लिएका थिए।

यद्यपि, उनले बल पनि खर्चिए। तर लगातार विकेट लिएर उनले टिमलाई बलियो पनि बनाए। धोनीले जसरी प्रशिक्षण दिए उनले त्यसलाई कार्यान्वयन गरे र आईपीएल च्याम्पियन बन्ने गौरव हासिल गरे।

तिलक वर्मा
आक्रामक ब्याटिङ र शैलीका हिसाबले यो सिजनमा सबैभन्दा बढी प्रभावित गर्ने युवा ब्याट्सम्यान मुम्बईका तिलक वर्मा थिए।

गत सिजनमा उनले १४ खेलमा ३ सय ९७ रन बनाएका थिए। चालु सिजनमा उनले ११ खेल खेल्ने मौका पाएका थिए, जसमा उनले ४२.८८ को औसतमा ३४३ रन बनाएका थिए।

उनको सबैभन्दा यादगार इनिङ्स क्वालिफायर-२ मा गुजरात विरुद्धको १४ बलमा ४३ रन थियो। उनको ब्याटिङ देखेर वीरेन्द्र सहवागले आफैंलाई सम्झिए।

एक अन्तर्वार्तामा उनले तिलकले आफ्नो कमजोरी सुधार गर्न सुझाव दिए।

साई सुदर्शन
गुजरातको बलियो ब्याटिङ लाइनअपमा, शुभमन गिलको छायामा थिए साई सुदर्शन। तर जब मौका पाए, आफ्नो छाप छोडे।

यस सिजनमा उनले ८ इनिङ्समा ५१.७१ को औसतमा ३६२ रन बनाएका छन्। उनले स्पिन र पेस दुवैविरुद्ध राम्रो खेले।

उनको ब्याटिङको तारिफ गर्दै कमेन्टेटर ब्रेट लीले हरेक इनिङ्समा सुदर्शनले राम्रो खेल्दै गएको भनी प्रशंसा गरे। फाइनलमा उनले बनाएको ९६ रन उत्कृष्ट थियो।

सुदर्शनलाई आफ्नो इनिङ्सलाई कसरी गति दिने भन्ने राम्रोसँग थाहा छ। उनीसँग सबै क्लासिक शटहरू छन्, उनका शटहरू मैदानको ग्यापबाट बाहिर आउँछन्। यी सबै गुणहरूले उनलाई भारतीय क्रिकेटको लागि आकर्षक युवा विकल्प बनाएका छन्।

आकाश मधवाला
सिजन सुरु हुनुअघि, मुम्बई टोलीमा जसप्रित बुमराह र जोफ्रा आर्चर जस्ता दुई फास्ट बलर थिए, जसबाट मुम्बईले आक्रमणको नेतृत्व गर्ने अपेक्षा गरेको थियो।

तर बुमराह सिजनअघिदेखि नै घाइते भएर खेल्न पाएनन्। आर्चर पनि बीचमा घाइते भए। मुम्बईको पेस बलिङ निकै दबाबमा पर्‍यो। यो अप्ठ्यारो समयमा आकाश मधवालाको उपस्थिति निकं प्रशंसीय रह्यो।

उनी सिजनको दोस्रो हाफमा मुम्बईको टोलीमा आर्चरको स्थानमा आएका थिए। उनको बलिङको विशेषता भनेको लम्बाइ कायम राख्नु, जबरदस्त योर्कर लगाउनु र धेरै भिन्नतामा नआउनु थियो।

उनको रणनीति सफल रह्यो र उनले मात्र ८ खेलमा १४ विकेट लिए। उनको सबैभन्दा ठूलो योगदान एलिमिनेटर खेलमा थियो। उनले लखनउविरुद्ध ५ रनमा ५ विकेट लिए, जुन प्लेअफ रेकर्ड बन्यो।

मुम्बईले सिजनको दोस्रो हाफमा आर्चर वा बुमराहलाई मिस गरेन, त्यसको कारण आकाश मधवाल थिए। भारतीय टिममा पर्नका लागि उनले थप परिक्षा दिनुपर्ने भएपनि मुम्बईको टिममा भने आफ्नो स्थान पक्का गरिसकेका छन्।

-बीबीसी हिन्दीबाट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .