ad ad

खेल


आईसीसी विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

आईसीसी विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार १६:४५, काठमाडौँ

जिम्बाबेमा हुने आईसीसी विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको हो। 

नेपालले गत चैतमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्म्क सिरिज अन्तर्गतको खेलमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो। त्यसपछि घरेलु मैदानमा नै भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा समेत छनोट भएको छ। 

पछिल्लो समय उच्च लयमा रहेको नेपाली टोलीले विश्वकप छनोटमा टेष्ट राष्ट्रसँग खेल्नेछ। 

नेपालले आगामी जुन जुलाइमा जिम्बाबेमा हुने विश्वकप छनोट खेल्नेछ। 

छनोट अघि नेपाली टोलीले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्नेछ। यही महिनाको अन्तिममा दक्षिण अफ्रिका जाने नेपाली टोलीले अभ्यासखेलपछि उतैबाट जिम्बाबे लाग्नेछ। 

नेपालको प्रारम्भिक टोलीः 
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्ल्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सुदिप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमल सिंह ऐरि, श्याम ढकाल र अविनास बोहोरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .