ad ad

खेल


आर्मी खुमलटारसँग बराबरीमा रोकियो

आर्मी खुमलटारसँग बराबरीमा रोकियो

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:३१, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब रेलिगेसन क्षेत्रमा रहेको एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी र खुमलटारले २–२ गोलको बराबरी गर्दै अंक बाँडे। खेलमा आर्मीले दुइ पटक अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन। 

खेलको १३ औं मिनेटमा आर्मीका जगजित श्रेष्ठको फ्रिकिक खुमलटारका गोलरक्षक आशिष मोक्तानले गोल लाइनमा समाएपनि गोल हुनबाट भने रोक्न सकेनन्। 

खेलको ३५ औं मिनेटमा खुमलटारका कप्तान रेजिन सुब्बाको क्रसलाई स्टेफन समिरको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पन्च गर्दै बचाएपनि त्यसकै रिबाउण्डमा मेसुके ओलुमोउले पोष्टको जाली चुमाउँदै खुमलटारलाई बराबरीमा ल्याए। 

खेलको ५१ औं मिनेटमा अनिल राईको क्रसमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २–१ को अवस्थामा ल्याए। खेलको ७५ औं मिनेटमा खुमलटार २–२ को बराबरीमा आयो। खुमलटारका स्टोफन विनोङले डिबक्स भित्रबाट हानेको प्रहार आर्मीका गोलरक्षक विकेशले रोक्ने कुनै मौका पाएनन्। 

खेलको इन्ज्युरी समयमा आर्मीले अग्रता बनाउने सुन्दर मौका पाएपनि त्यसलाई सुदपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो। बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडे। लिगको पहिलो चरणमा आर्मीलाई खुमलटारले ३–२ ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .