ad ad

खेल


बजेटबाट निजी क्षेत्रका समस्या सम्बोधन गर्ने नीति तथा कार्यक्रम ल्याउछौं : मन्त्री रिजाल

बजेटबाट निजी क्षेत्रका समस्या सम्बोधन गर्ने नीति तथा कार्यक्रम ल्याउछौं : मन्त्री रिजाल

नेपालखबर
जेठ ४, २०८० बिहिबार २०:१९, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आगामी वर्षको बजेटबाट निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताए।

नेपाल उद्योग वाणिज्य महासंघ र इन्टरनेशनल फाइनान्स कर्पोरेशसन (आईएफसी)को संयुक्त रुपमा नेपाली निजी क्षेत्रको अवस्थाको मूल्याङकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदानका विषयमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदन कार्यक्रम सो कुरा बताएका हुन। 

मन्त्री रिजालले महासंघ र आईएफसीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन प्रस्तुत भएका उपयुक्त सुझाव अग्रण गरी आवश्यक सुधार गर्ने बताए। 

‘मलुकमा आर्थिक उदारिकणको अवलम्बनपछि अर्थतन्त्रको प्रमुख सम्भाहकको रुपमा निजी क्षेत्र रहदै आएको छ,’ उनले भने, ‘निजी क्षेत्रमा नीतिगत सुधार गरी लगानीमत्री वातारण सृजना गरीनेछ।’

निजी क्षेत्र र सरकार मिलेर वर्तमान अर्थतन्त्रलाई सुधार गर्नुपर्ने बताए। 

‘निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेको छ। अर्थतन्त्र निजी क्षेत्रको ठुलो योगदान  छ,’ मन्त्री रिजालले भने, ‘निजी क्षेत्रका समस्यालाई दिर्घकालिन सुधार गर्न सरकार दृढ छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .