ad ad

खेल


थ्री स्टारविरुद्ध आर्मीको संघर्षपूर्ण बराबरी, पुलिसले एपिएफलाई हरायो

थ्री स्टारविरुद्ध आर्मीको संघर्षपूर्ण बराबरी, पुलिसले एपिएफलाई हरायो

नेपालखबर
जेठ २, २०८० मंगलबार २१:२७, काठमाडौँ

दिनेश हेन्जनले निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएपछि त्रिभुवन आर्मी फुटबल क्लवले थ्री स्टारसँग संघर्षपूर्ण बराबरी खेल्दा अर्को खेलमा नेपाल पुलिसले एपिएफ क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले थ्री स्टारसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए।

पहिलो हाफमा आर्मी केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएको थियो। सो क्रममा आर्मीका कप्तान भरत खबासको
प्रदर्शन बिर्सनलायक भएको थियो।

दोस्रो हाफमा आक्रामक खेल देखाएको थ्री स्टारले केही राम्रा अवसर बनाएपनि जाली चुमाउन असफल भयो।

६९औं मिनेटमा आर्मीका गोलकिपर विकेश कुथूले रिलिज गरेको बल निकै महंगो बनेको थियो । कुथू अगाडि बढ्दै लो एंगलबाट प्रहार बललाई लाकेन लिम्बूले मैदानको मध्य भागमा नियन्त्रण लिएर सिधै गोलपोस्टमा प्रहार गर्दा थ्री स्टारले अग्रता लिन सफल भएको थियो।

कुथू अगाडि रहेको फाइदा उठाउँदै उनले जाली चुमाउन सफल भएका थिए। त्यसपछि खेलमा फर्किन निकै प्रयास गरेको आर्मीले चार मिनेट बाँकी रहँदा दिनेशको हेडर बलबाट खेल बराबरीमा ल्याउन सफल भयो। 

बाँकी समयमा आर्मीले नै दबाब राख्दै खेले पनि थप गोल गर्न सकेन र दुवै टोलीले एक/एक अंक बाँडे।

यस बराबरीसँगै थ्री स्टारले तेस्रो स्थानको मच्छिन्द्रसँग अंक दुरी घटाउने मौका गुमाएको छ भने आर्मी पनि चौथो स्थानमा उक्लिने मौका गुमाएको छ।

बराबरी पछि थ्री स्टारको १८ खेलबाट २६ अंक भएको छ भने आर्मीको समान खेलबाट २३ अंक भएको छ।

लिग अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा विभागीय डर्बी भिडन्तमा पुलिस विजयी भएको छ। पुलिसले टोम मोसेसको निर्णायक गोलको सहयोगमा जारी लिगमा छैठौं जित निकालेको छ।

जितसँगै पुलिस लिग तालिकाको दशौं स्थानमा उक्लिएको छ। पुलिसले स्पष्ट जित निकाल्ने क्रममा मोसेसले ६१ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो। जितपछि पुलिसले १८ खेलबाट २२ अंक बनाएको छ।  

पराजित एपिएफ ११ औं स्थानमा झरेको छ। एपिएफको पनि समान २२ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .