ad ad

खेल


दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १७:४०, काठमाडौँ

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताएका छन्।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताए।

उनले आम नागरिकहरुले देख्नेगरी काम गर्ने बताए। उनले हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि आग्रह गरे।

उनले भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महशुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु। सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु।’

उनले आफू मन्त्रालयमा रहेर दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता पनि जनाए।

खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .