ad ad

खेल


अनुमतिबिना साउदी गएपछि पीएसजीद्वारा मेस्सी निलम्बित

अनुमतिबिना साउदी गएपछि पीएसजीद्वारा मेस्सी निलम्बित

नेपालखबर
बैशाख २०, २०८० बुधबार ८:२०, काठमाडौँ

अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनको निलम्बनमा परेका छन्।

क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले उनलाई दुई साताका लागि निलम्बन गरेको हो।

फ्रान्सेली लिग वनमा पीएसजी र लोरेन्टबीचको खेलमा लोरेन्टसँग पीएसजीले ३-१ गोलले पराजित भएको थियो। उक्त खेलपछि मेस्सी परिवारसहित साउदी अरेबियाको राजधानी रियाद भ्रमणमा गएका थिए। तर भ्रमणबारे उनले क्लबलाई जानकारी गराएनन्।

निलम्बनपछि अब दुई सातासम्म उनलाई पीएसजीको क्लबमा प्रवेश दिइने छैन। यस बीच उनी क्लबले दिएका सुबिधाबाट वञ्चित हुनेछन् भने प्रशिक्षणमा पनि सहभागी हुन पाउने छैनन्।

निलम्बनमा परेपछि ट्रोयस र अजाकियोसँगका दुवै खेल उनले गुमाउने भएका छन्। 

साउदीले सन् २०३० को विश्वकप आयोजना गर्न चाहेको छ। यसैबीच साउदीबाट मेस्सीलाई आकर्षक प्रस्ताव आएको समाचार पनि बाहिरिएको थियो।

हाल साउदीबाट पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो खेलिरहेका छन्।

साउदी पुगेपछि त्यहाँका पर्यटन मन्त्री अहमद अल खातिबले सोमबार ट्विट गर्दै लेखेका थिए, 'मेस्सी र उनको परिवारलाई यस अलौकिक र प्रमाणिक अनुभूति हुने पर्यटकीय गन्तव्यमा स्वागत गर्न पाउँदा खुसी छ।'

पीएसजीले सन् २०२१ मा मेस्सीलाई अनुबन्धित गरेको थियो। दुई वर्षका लागि अनुबन्धित मेस्सी २०२२-२३ को सिजनपछि पीएसजीले सम्झौता थप नगरेमा बाहिरिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .