ad ad

खेल


अभिषेक र अभिलाषालाई टेनिस उपाधि

अभिषेक र अभिलाषालाई टेनिस उपाधि

नेपालखबर
बैशाख १८, २०८० सोमबार २१:५१, काठमाडौँ

अभिषेक बास्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को उपाधि उचालेका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा सम्पन्न फाइनलमा पुरुषतर्फ अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गर्दै उपाधि जितेका हुन्। 

महिलातर्फ राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई ६–४ र ६–४ को सोझो सेटमा हराईन्। 

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेताले ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गरे। 

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ५–७, ६–१ र १०–५ ले पाखा लगाउदै उपाधि जिते। ब५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सेटमा हराउँदै च्याम्पियन बन्यो।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरेले जित प्रधानलाई ६–२ र ६–३ ले पाखा लगाए। ४५ वर्षमाथि पुरुष सिंगल्सको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे। उनले रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ ले हराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .