ad ad

खेल


सन्दीपलाई अर्को सफलता, सातौँ विकेट गुमाएपछि सकंटतर्फ यूएई

सन्दीपलाई अर्को सफलता, सातौँ विकेट गुमाएपछि सकंटतर्फ यूएई

नेपाली क्रिकेट टोली। तस्बिर : सरोज नेपाल नेपालखबर


नेपालखबर
बैशाख १८, २०८० सोमबार ११:४०, काठमाडौँ

नेपाली स्पिनर सन्दीप लामिछानेले यूएईको सातौँ विकेट लिएका छन्। 

कीर्तिपुर मैदानमा जारी खेलमा सन्दीपले आजको खेलमा व्यक्तिगत दोस्रो विकेट लिँदै यूएईलाई दबाबमा पारेका हुन्। 

सन्दीपले २५.४ ओभरमा आयन अफजललाई कुशल मल्लको हातबाट आउट गराए। यसससँगै यूएई संकटमा परेको छ।

यूएईका लागि आशिफ खान लामो समय क्रिजमा टिकेका छन्। उनले ५१ बलमा ४५ रन बनाएका छन्। तर उनीसँग अन्य ब्याट्सम्यानको पार्टनरशिप नेपालको धारिलो बलिङसामु टिक्न सकेन। 

सन्दीपको व्यक्तिगत दोस्रो विकेटअघि गुलशन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाए छैटौँ सफलता दिलाएका थिए। 

गुलशनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरेका थिए।

घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७ ओभरको समाप्तीमा ७ विकेट गुमाएर १०५ रन बनाएर खेलिरहेको छ। 

यसअघि नेपालका लागि सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। 

पाचौँ ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए। 

८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए। 

सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। 

घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। उता युएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पर्ने येजनामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .