ad ad

खेल


यामलले कीर्तिमान राखेको खेलमा बार्सिलोनाले रियल बेटीसलाई हरायो

यामलले कीर्तिमान राखेको खेलमा बार्सिलोनाले रियल बेटीसलाई हरायो

नेपालखबर
बैशाख १७, २०८० आइतबार ८:४१, काठमाडौँ

१५ वर्षीय विंगर लामाइन यामलले कीर्तिमान राखेको खेलमा बार्सिलोनाले रियल बेटीसलाई हराएको छ। 

शनिबार राति भएको स्पेनिस ला लिगामा यामल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन्।

स्पेनको उमेर समूहबाट खेलिसकेका यामाल बार्सिलोनाको एकेडेमी ला मासियाको उत्पादन हुन्। जुलाईमा १६ वर्ष पुग्ने यामल खेलको ८४औं मिनेटमा पाब्लो गाभीको स्थान लिँदै मैदान प्रवेश गरेका थिए। 

१५ वर्ष २९० दिनका यामल प्रतियोगितामा सहभागी हुने पाँचौं कान्छा खेलाडी हुन्। यसअघि मल्लोर्काका युवा खेलाडी लुका रोमेरो १५ वर्ष २१९ दिनको उमेरमा २०२० मा रियल मड्रिडविरुद्ध ला लिगा खेल्ने सबैभन्दा कान्छो खेलाडी बनिसकेका छन्। 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित  रियल बेटिसलाई ४–० ले हराउँदै उपाधि होड बलियो बनाएको छ। 

बार्सिलोनाको जितमा आन्द्रेस क्रिस्टेन्सेन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान एक गोल गरे। एक गोल उपहार पाए। खेलको १४औं मिनेटमा आन्द्रेस क्रिस्टेन्सनको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। 

३३औं मिनेटमा रियल बेटिस १० खेलाडीमा सीमित भएको थियो। रियलका एडगर गोन्जालेस दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए। 

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। ३९औं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले पहिलो हाफमा नै ३–० को अग्रता बनाएको थियो। 

खेलको ८२औं मिनेटमा गुइडो रोड्रिग्वेजको आत्मघाती गोलमा बार्सिलोना ४–० ले अघि बढेको थियो। 

जितसँगै बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको छ। दोस्रो स्थानको रियलको ६८ अंक छ। 

गएराति नै भएको अर्को खेलमा एल्चेले रायो भल्लारियललाई ४–० कै फराकिलो अन्तरले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .