ad ad

खेल


३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमायो, ५ विकेट करण केसी एक्लैले लिए

३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमायो, ५ विकेट करण केसी एक्लैले लिए

नेपालखबर
बैशाख १६, २०८० शनिबार १५:३९, काठमाडौँ

कुवेत र नेपालबीच जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतले ६ विकेट गुमाएको छ।

अहिले पुन: पानी परेपछि खेल रोकिएको छ। हालसम्म नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा गुमाएर ३७ रन बनाएको छ।

कुवेतको ६ मध्ये १ विकेट सोमपाल कामीले लिए। अलराउन्डर करण केसीले घात बलिङ गरेर एक्लै ५ विकेट लिए। जसमध्ये उनले ४ ब्याटरलाई क्याच आउट गरेर पवेलियनको बाटो देखाएका थिए।

घातक बलिङ गरेका करणले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेका थिए। 

अब कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .