कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी कतारविरुद्धको खेलमा नेपालले कमजोर सुरुवात गरेको छ।
कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १७.१ ओभरमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ।
अहिले क्रिजमा सोमपाल कामी ६ र आरिफ शेख शुन्य रनमा नटआउट छन्। 
कप्तान रोहित पौडेल २७ र आशिफ शेख १९ रनमा आउट भए। २६ बलको सामना गरेका रोहितले २ चौका हाने। लामो शट खेल्ने क्रममा रोहित ओवाइस अहमदको बलमा क्याच आउट हुन पुगे।
आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए।
नेपालका चारै जना ब्याटर क्याच आउट हुन पुगे।

भीम सार्की ६ रन बनाउँदा मुनावीरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए।
कतारका गयन मुनाविर र ओवाइस अहमदले समान दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे।

Shares

प्रतिक्रिया