ad ad

खेल


कतारविरुद्ध नेपालको खराब ब्याटिङ

कतारविरुद्ध नेपालको खराब ब्याटिङ

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १०:२५, काठमाडौँ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी कतारविरुद्धको खेलमा नेपालले कमजोर सुरुवात गरेको छ।

कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १७.१  ओभरमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ।

अहिले क्रिजमा सोमपाल कामी ६ र आरिफ शेख शुन्य रनमा नटआउट छन्। 

कप्तान रोहित पौडेल २७ र आशिफ शेख १९ रनमा आउट भए। २६ बलको सामना गरेका रोहितले २ चौका हाने। लामो शट खेल्ने क्रममा  रोहित ओवाइस अहमदको बलमा क्याच आउट हुन पुगे।

आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए।

नेपालका चारै जना ब्याटर क्याच आउट हुन पुगे।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनावीरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए।

भीम सार्की ६ रन बनाउँदा मुनावीरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए। 

कतारका गयन मुनाविर र ओवाइस अहमदले समान दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .