ad ad

खेल


आईडब्ल्यूएलमा स्पोर्टस् ओडिसाको विजय सुरुवात

आईडब्ल्यूएलमा स्पोर्टस् ओडिसाको विजय सुरुवात

नेपालखबर
बैशाख १३, २०८० बुधबार १३:२४, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलको क्लब स्पोर्टस् ओडिसाले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा विजय सुरुवात गरेको छ।

बुधबार सुरु आईडब्ल्यूएलमा ओडिसाले हप्स फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराएको हो। 

ओडिसाको जितमा रेखा पौडेलले सुरुवाती गोल गरेकी थिइन्। रेखाले खेलको ५१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। ५८औं मिनेटमा मनीषा नायकले गोल गर्दै अग्रता दोब्बर पारिन्। ७४औं मिनेटमा शैलिजाले गोल गर्दै हप्सलाई २–१ को स्थितिमा ल्याइन्। ८१औं मिनेटमा रजनी बालाले गोल गर्दै हप्सलाई बराबरीमा ल्याइन्। 

इन्ज्युरी समयमा अञ्जुले गोल गर्दै ओडिसाको जित पक्का गरिन्। 

आजै साँझ हुने अर्को खेलमा सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरालाले इस्ट बंगालको सामना गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .