ad ad

खेल


यू-१७ महिला एसियन कपमा नेपाल आज इरानसँग भिड्दै

यू-१७ महिला एसियन कपमा नेपाल आज इरानसँग भिड्दै

नेपालखबर
बैशाख १३, २०८० बुधबार १३:९, काठमाडौँ

एएफसी यू–१७ महिला एसियन कप २०२४ छनोटमा आज (बुधबार) नेपालले इरानसँग प्रतिस्पर्धा गर्दै छ। 

जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा हुने खेल राति पौने ७ बजे सुरु हुनेछ। 

छनोटको समूह एच मा रहेको नेपालले आयोजक जोर्डन र इरानसँग खेल्नेछ। नेपालले २६ अप्रिलमा इरान तथा २८ अप्रिलमा जोर्डनसँग खेल्नेछ। एएफसी यू–१७ महिला एसिया कप छनोट २६ देखि ३० अप्रिलसम्म जोर्डनमा हुँदै छ। 

नेपाली टोली
गोलरक्षक  : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर  : अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर र सुमी हाङ्मा राई

मिडफिल्डर  : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ

फरवार्ड  : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार र कविता गुरुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .