ad ad

खेल


सिंगापुरविरुद्ध यूएई २०१ रनले विजयी, वृत्या अरविन्द र मुहम्मद वसिमको शतक

सिंगापुरविरुद्ध यूएई २०१ रनले विजयी, वृत्या अरविन्द र मुहम्मद वसिमको शतक

नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:५५, काठमाडौँ

एसीसी प्रिमियर कपमा यूएईले सिंगापुरलाई २०१ रनको विशाल अन्तरले हराएको छ। 

यूएईले दिएको ४ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो। 

सिंगापुरका लागि मनप्रीत सिंहले ६६ रनको योगदान दिए। थिलिपनले ५२ तथा कप्तान अरित्रा दत्त र सुरेन्द्रनले समान ३८ रन थपे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएई निर्धारित ५० ओभरमा ४ सय ७१ रन बनाउँदा अलआउट भयो।  

वृत्या अरविन्द र कप्तान मुहम्मद वसिमले विष्फोटक ब्याटिङ गरे। वृत्याले १ सय ३३ बलमा १७ चौका र ७ छक्का मद्दतमा १ सय ७४ रनको योगदान दिए। 

वसिमले ८२ बलमा ९ चौका र १६ छक्का मद्दतमा १ सय ६० रन थपे। आयान अफ्जल खानले ७४ रन थपे। सिंगापुरका लागि रमेश कालिमुथुले ३ तथा थिलिपनले २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .