ad ad

खेल


नेपाललाई सातौँ सफलता, सोमपालले लिए तीन विकेट

नेपाललाई सातौँ सफलता, सोमपालले लिए तीन विकेट

मलेसियाको विकेट लिएपछि नेपाली टोली। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १२:१३, काठमाडौँ

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाट खेलमा नेपालले सातौँ सफलता पाएको छ।

नेपालका लागि सोमपाल कामीले पाँचौँ, छैटौँ र सातौँ विकेट लिएका हुन्।

उनले मलेसियाका फित्री साम र खिजार हायातलाई लगातार आउट गरे। खिजार हायात २५ बलमा २२ रन बनाउँदा आउट भए। त्यस्तै फित्री शून्यमै आउट भए।

सोमपालले त्यसअघि सैयद अजिजलाई १४ बलमा १३ रन बनाएको अवस्थामा क्याच आउट गराएका हुन्। 

१० टोली सहभागी रहेको खेलमा नेपालले पहिला बलिङ गर्दै ताजा अवस्थामा ७ विकेट लिएको छ।

नेपालका लागि सोमपाल कामीले ३, ललित राजवंशीले २ गुलशन झा, सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिन सफल भएका छन्। 

गुलशनले मलेसियाका ओपनर मुहम्मद अमिरलाई १८ बलमा १७ रन बनाएको अवस्थामा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए।

त्यसपछि ७६ रनमा पुगेका अहमद फैजलाई नेपाली स्पिनर सन्दीप लामिछानेले रोके। ९५ बलमा ७६ रन बनाएको अवस्थामा सन्दीपले फैजलाई आरिफ शेखको हातबाट क्याच आउट गराए।

ललित राजवंशीले मलेसियका विजय युनीलाई १९ बलमा १२ रन बनाएको अवस्थामा कुशल मल्लबाट क्याच आउट गराए।

त्यसपछि ७६ रनमा पुगेका अहमद फैजलाई नेपाली स्पिनर सन्दीप लामिछानेले रोके। ९५ बलमा ७६ रन बनाएको अवस्थामा सन्दीपले फैजलाई आरिफ शेखको हातबाट क्याच आउट गराए।

ताजा अवस्थामा मलेसिया ४७ ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन बनाएर खेलिरहेको छ। 

नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध पराजय भोग्नु परेको छैन। यसअघि मलेसिया र नेपाल सन् २०१८ मा एसिया कप छनोटमा भेट भएका थिए। 

त्यसबेला मलेसियालाई उसकै घरमा नेपालले १९ रनले पराजित गरेको थियो। अहिले नेपालमा भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी छन्। 

सहभागीहरुलाई दुई समूहमा राखिएको छ। समूह 'ए' मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्। 

उता समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएईलाई राखिएको छ। यी दुई समूहका शीर्ष दुई टिमबीच सेमिफाइनलमा भेट हुनेछ। 

फाइनलमा विजयी हुने राष्ट्र एसिया कपमा जाने छ। यो प्रतियोगिता यसै वर्ष सेप्टेम्बरमा हुने छ। समूहका शीर्ष तीनका टोली एसीसी ईमर्जिङ कपमा जाने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .