ad ad

खेल


थ्रीस्टारसँग बराबरीले चर्च ब्वाइजले गुमायो जावलाखेललाई भेट्ने अवसर

थ्रीस्टारसँग बराबरीले चर्च ब्वाइजले गुमायो जावलाखेललाई भेट्ने अवसर

थ्रीस्टार चर्च ब्वाइजबीचको खेल। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख ४, २०८० सोमबार १८:३०, काठमाडौँ

स्टार खेलाडीले भरिएको चर्च ब्वाइज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ।

सोमबारै भएको अर्को खेलमा खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ।

च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्ने मौका गुमाएको छ।

प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए। तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन्।

सुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाइजको पहिलो अवसर खेर गएको थियो।

खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशीष चापागाईंले गोलको अवसर गुमाए। थ्री   स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो।

खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए। यस बराबरीसँगै थ्री
स्टारले ९ खेलमा १५ अंक जोडेको छ। चर्च ब्वाइजले १५ अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .