ad ad

खेल


चेल्सीलाई पराजित गर्दै रियल सेमिफाइनल नजिक

चेल्सीलाई पराजित गर्दै रियल सेमिफाइनल नजिक

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ६:४९, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा चेल्सीलाई हराउँदै रियल मड्रिडले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।  

बुधबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित चेल्सीलाई २–० गोल अन्तरले हराउँदै रियलले सेमिफाइल प्रवेशको सम्भावना बलियो बनाएको हो। 

खेलको २१ औँ मिनेटमा करिम बेन्जेमाको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ५९ औँ मिनेटमा चेल्सी १० खेलाडीमा सीमित बन्यो। रियलका रोड्रिगोलाई खराब ट्याकल गरेपछि चिलवेललाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। 

खेलको ७४ औँ मिनेटमा मार्को एसेन्सियोको गोलमा रियलले अग्रता दोब्बर पार्‍यो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एसेन्सियोले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए। 

No description available.

जितसँगै रियलले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। चेल्सीमाथि दबाब बढेको छ। क्वार्टरफाइनलको दोस्रो लेग चेल्सीको घरेलु मैदानमा आगामी मंगलबार हुनेछ। 

गएराति नै भएको अर्को खेलमा इस्माइल बेन्नासरको निर्णायक गोलमा एसी मिलानले क्वार्टरफाइनलको पहिलो लेगमा नापोलीमाथि जित निकालेको छ। 

एस मिलानको घरेलु मैदानमा भएको खेलको ४० औँ मिनेटमा ब्राहम डियाजको पासमा बेन्नासरले उत्कृष्ट गोल गरे।

नापोली ७४ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो। जाम्बो एन्गुइसा रातो कार्ड खाँदै मैदान छाडेपछि नापोली १० खेलाडीमा समेटिएका थियो। 

क्वार्टरफाइलको दोस्रो खेल आगामी मंगलबार हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .