ad ad

खेल


भियतनामसँग नेपालको फराकिलो हार, सावित्राको सान्त्वना गोल

भियतनामसँग नेपालको फराकिलो हार, सावित्राको सान्त्वना गोल

नेपालविरुद्ध गोल गरेपछि भियतनामका खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २२, २०७९ बुधबार १९:५७, काठमाडौँ

पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको पहिलो खेलमा घरेलु टोली नेपाल भियतनामसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोल अन्तरले पराजित भयो। खेलको पहिलो हाफमा ३–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा २ गोल खायो। 

खेलको नवौं मिनेटमा दीपा शाहीको पासमा अमिसा कार्कीको प्रहार पोष्टको माथिबाट बाहिरिँदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो।

अमिसाले किपर बिट भएको अवस्थामा गरेको प्रहार पोष्टको माथिबाट आकाशियो। 

खेलको ११ औं मिनेटमा भियतनामकी पाम हाइ एनको गोलमा नेपाल १–० ले पछि परेको थियो। खेलको २० औँ मिनेटमा एगुएन थि टुएट डुुङको प्रहार किपरले पन्च गर्दै बचाइन् त्यसकै रिबाउण्डमा पाम हाइको प्रहार गोलरक्षक एञ्जिलाले बचाइन्। 

३४ औँ मिनेटमा अमिसाको फितलो प्रहार भियतनामकी गोलरक्षकले बचाउँदा नेपालले बराबरीको मौका गुमायो।

३५ औँ मिनेटमा नेपालकी डिफेन्डर समिक्षा घिमिरेले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि भियतनामले पेनाल्टीमो मौका पायो।

जुन अवसरलाई कप्तान हुन्ह न्हुले खेर जान नदिई टोलीलाई २–० को अग्रता दिइन्। 

३८ औं मिनेटमा भियतनामकी फरवार्ड न्युगेन थि बिच थीको प्रहार अमृता जैसीलाई लाग्दै डिफ्लेक्ट हुँदै पोष्टको गति लिँदा नेपाल ३–० ले पछि पर्यो। खेलको ४८ औँ मिनेटमा भियतनामकी कप्तान न्हुले गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाइन्। 

खेलको ७९ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले सरु लिम्बुको पासमा गोाल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याइन्।

राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्राले ४३ खेलमा ४३ गोल नै गरेकी छन्।  

खेलको ८५ औँ मिनेटमा सविता रानाको फितलो प्रहार भियतनामकी गोलरक्षकले सहजै बचाइन्।

तर भियतनामले खेलको निर्धारित समयको अन्तिम अर्थात ९० औँ मिनेटमा अर्को गोल थप्यो। उसका लागि मिन न्ग्युएन थि थान न्हाले गोल गरेपछि नेपाल ५-१ ले पराजित भयो। 

नेपालले छनोटको दोस्रो खेलमा शनिबार भियतनामसँग नै खेल्नेछ। ओलम्पिक छनोटको एशियाली छनोटमा नेपाल र भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइन समूह सी मा रहे पनि नाम फिर्ता लिएपछि दुई टोलीमात्रै भिड्न लागेका हुन्।

सबै तस्बिरहरु : सरोज नेपाल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .