खेल


विराट गोल्डकप : पुलिसलाई हराउँदै विराटनगर सेमिफाइनलमा

विराट गोल्डकप : पुलिसलाई हराउँदै विराटनगर सेमिफाइनलमा

नेपालखबर
चैत १०, २०७९ शुक्रबार ७:२९, काठमाडौँ

बिहीबारदेखि विराटनगरमा सुरु भएको सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगरले विजयी सुरुवात गरेको छ।

सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निकै रोमाञ्चक रहेको खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयमा विराटनगरका अशिष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

सुरुदेखि नै विराटनगरलाई दबाबमा राखेको पुलिसको अतिरिक्त समयको अन्तिम समयमा रक्षा गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।

पुलिसले ३७ औँ मिनेटमा प्राप्त गरेको कर्नरलाई गोलमा परिणत गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् ।

विराटनगरले अब फाइनल प्रवेशका लागि भोलि हुने त्रिभुवन आर्मी र जाउलाखेलबीचको विजेतासँग खेल्नुपर्नेछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .