ad ad

खेल


फिफा २०२६ : तीन देशमा १०४ खेल खेलाइने, ४८ राष्ट्रले खेल्न पाउने

फिफा २०२६ : तीन देशमा १०४ खेल खेलाइने, ४८ राष्ट्रले खेल्न पाउने

नेपालखबर
चैत १, २०७९ बुधबार ११:६, काठमाडौँ


फिफा विश्वकप २०२६ तीन देशमा १०४ खेलाइने भएको छ। रुवान्डास्थित किगालीमा हुने महाधिवेशनअघिको मंगलबार बसेको फिफा बैठकले खेलको ढाँचालाई परिवर्तन गर्दै  ६४ बाट १०४ खेलमा विस्तार गर्ने निर्णय गरेको हो।

यसअघि फिफा विश्वकपमा ३२ टोली समावेश हुने गरेकोमा उत्तर अमेरिकामा हुने आगामी सृंखलामा प्रतियोगिता ४८ टोलीमा विस्तार हुने बताइएको छ। अर्थात् अब ४८ वटा राष्ट्र प्रतियोगितामा सहभागी हुनसक्नेछन्। 

४८ टिमलाई १२ समूहमा विभाजन गरी खेल खेलाउने तयारी फिफाले गरेको छ। प्रत्येक समूहमा ४-४ टिम रहनेछन्। 

प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा खेल हुनेछन्। फिफाका अनुसार अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा आगामी सृंखलाका खेल हुनेछन्। प्रत्येक समूहबाट शीर्ष २ सहित तेस्रो हुने उत्कृष्ट ८ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।
सन् १९८६ र १९९४ मा भएकोमा फिफा विश्वकपमा २४ समूह सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .