ad ad

खेल


हिमालय शेर्पालाई हराउँदै खुमलटार चौथो स्थानमा उक्लियो

हिमालय शेर्पालाई हराउँदै खुमलटार चौथो स्थानमा उक्लियो

नेपालखबर
फागुन २९, २०७९ सोमबार २०:३, काठमाडौँ

सहिद स्मारक लिग ए डिभिजनमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ।

च्यासल मैदानमा सोमवार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हराएको हो।

च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एकएक गोल गरे।

मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थप्दै खुमलटारको जित निश्चित गरेका हुन्।

यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए। यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो।

यो जितपछि माथिल्लो डिभिजनमा डेब्यु गरिरहेको खुलमटारको चार खेलबाट ६ अंक भएको छ। अब खुमलटार चौथो स्थानमा उक्लिन सफल भएको छ।

हिमालयन शेर्पा भने चार अंकमै सीमित रह्यो र दसौं स्थानमा झरेको छ। लिगमा मंगलबार तीन खेल हुनेछन्।

एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लव र चर्च व्वाईज, जावलाखेल युथ क्लव र फ्रेन्ड्स क्लवबीच दशरथ रंगशालामा पहिलो तथा अन्तिम खेल दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .