ad ad

खेल


त्रिदेशीय फुटबल प्रतियोगिताको टिकट दर तोकियो

त्रिदेशीय फुटबल प्रतियोगिताको टिकट दर तोकियो

नेपालखबर
फागुन २९, २०७९ सोमबार १८:४, काठमाडौँ

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर निर्धारण गरिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि साधारणतर्फ ५ सय र भीआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ छुट्टइएको जानकारी दिएको हो। 

चैत ८ देखि १७ गतेसम्म दशरग रंगशालामा हुने प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा हुनेछ। शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। 

प्रतियोगिता सम्पन्न गर्न १ करोड ७७ लाख रुपैयाँ खर्च हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। 

प्रतियोगिताका लागि ब्रोडकास्टिङ, टिकेटिङ र डिजिटल अधिकारका लागि एन्फाले न्युनतम ८० लाख रुपैयाँ तोकिएको प्रवक्ता शाहले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .