ए डिभिजन लिगको जारी सिजनमा विभागीय टोली नेपाल पुलिसको निराशाजनक यात्रा जारी छ।
च्यासल मैदानमा शनिबार भएको खेलमा पुलिसलाई संकटा क्लबले ३-० गोलको हार चखाएको छ।
नेपाल पुलिस क्लबलाई हराएसँगै जारी लिगमा संकटाले पनि पहिलो जित दर्ता गराउन सफल भयो।
संकटालाई जिताउने क्रममा रोशन पहरी, सुरजज्यु ठकुरी र गणेश हमालले एक-एक गोल गर्न सफल भए। यो जितपछि संकटाको चार अंक भएको छ।
उता पराजित पुलिसले तीन खेलबाटै अंक जोड्न सकेको छैन। पुलिसले यो सिजनका सुरुवाती तीनै खेलमा हार भोगेको छ।
30
Shares
प्रतिक्रिया