ad ad

खेल


बुटवलमा ४ वर्षपछि तिलोत्तमा गोल्डकप, चैत ४ गतेबाट सुरु हुने

बुटवलमा ४ वर्षपछि तिलोत्तमा गोल्डकप, चैत ४ गतेबाट सुरु हुने

नेपालखबर
फागुन २४, २०७९ बुधबार २१:३०, बुटवल

तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा सुरु हुने भएको छ। देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरु सहभागी हुने छन्।

आयोजक रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रतियोगिताका विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यस्तै, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्ने छन् भने उत्कृष्ट फरवार्डर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ नगद राशी प्राप्त गर्ने पुनले बताए।

प्रतियोगितामा रुपन्देही–११ सहित मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम–११ गरी ८ टिमको सहभागिता रहने छ।

चार वर्षपछि अहिले बुटवलमा तिलोत्तमा गोल्डकप हुन लागेको हो। गोल्डकपको पछिल्लो संस्करण २०७५ सालमा भएको थियो।

पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले यो प्रतियोगिताले केही नयाँ प्रतिभाहरुको पहिचानमा समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

उनले यस क्षेत्रको मात्र नभई मुलुककै लागि महत्वपूर्ण रहेको तिलोत्तमा गोल्ड कप आयोजनाले खेलाडी तथा यस क्षेत्रमा लाग्ने प्रतिभाहरुलाई अवसर प्रादन गर्ने उल्लेख गरे।

यस क्षेत्रकै पुरानो प्रतियोगिताको रुपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको थियो।

कहिले निरन्तर र कहिले केही वर्ष रोकिँदै प्रतियोगिता हुँदै आएको छ। बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .