ad ad

खेल


पछि परेको स्थिति उल्ट्याउँदै बोर्नेमाउथलाई जित्यो आर्सनलले

पछि परेको स्थिति उल्ट्याउँदै बोर्नेमाउथलाई जित्यो आर्सनलले

नेपालखबर
फागुन २१, २०७९ आइतबार ८:१५, काठमाडौँ

रेइस नेल्सनको निर्णायक गोलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथविरुद्ध संर्घषपूर्ण जित हासिल गरेको छ।

शनिबार राति आर्सनलले खेलमा २–० ले पछि परेको स्थिति उल्ट्याउँदै बोर्नेमाउथलाई ३–२ ले हराएको हो।

आर्सनलका लागि खेलको ९७औँ मिनेटमा नेल्सनले गरेको गोल नै निर्णायक बन्यो। 

खेलको पहिलो मिनेटमै फिलिप बिलिङको गोलमा बोर्नेमाउथले आर्सनलविरुद्ध अग्रता बनाएको थियो। 

५७ औँ मिनेटमा मार्को सेनेसीको हेडर गोलमा आर्सनलविरुद्ध अग्रता दोब्बर पार्‍यो। 

तर खेलको ६२औँ मिनेटमा थोमस पार्टीले गोल गर्द आर्सनललाई २–१ को स्थितिमा ल्याए। 

७०औँ मिनेटमा बेन ह्वाइटले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए।

इन्ज्युरी समयको सातौँ  मिनेटमा नेल्सनले गोल गरेपछि आर्सनलले बोर्नेमाउथविरुद्ध जित हासिल गरेको हो। 

खेलमा बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा बोर्नेमाउथ रेलिगेसन जोनको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .