आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले खराब सुरुवात गरेको छ।
पपुवा न्यु गिनीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तीमा ५ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।
नेपालले २० ओभरमा नै मुख्य ब्याटर गुमाइसकेको छ।
ओपनर कुशल भुर्तेल ओभरको पहिलो बलमा नै सेमो कामियाको बलमा डक आउट भए। भिम सार्की ८ र ज्ञानेन्द्र मल्ल ६ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल र आरिफ शेख १ रनमा पवेलियन फर्के।
अहिले क्रिजमा आशिफ शेख २८ र दिपेन्द्र सिंह ऐरि शुन्य रनमा नटआउट छन्।
पीएनजीका असद भालाले ३ तथा सेमोले २ विकेट लिए।
त्यसअघि दुवई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो।
36
Shares
प्रतिक्रिया