खेल


नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:२१, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाई नियुक्त गरिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय लिएको हो। 

यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएका थिए।

उनले राजीनामा दिएपछि एन्फाले अन्तरिमकालीन प्रशिक्षक नियुक्त गर्दै आएको थियो। तर बुधबारदेखि नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी इटालियन नागरिकले पाएका हुन्। 

एन्फाको बुधबार बसेको चौथो कार्यकारिणी समितिको बैठकले अनेसेलाई पदमा नियुक्त गरेको हो ।

एन्फाले मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो। त्यसका लागि १६८ जनाको आवेदन आएको थियो। छनौट समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो।

यी इटालियन प्रशिक्षकसँग युईएफए प्रो लाइसेन्स प्रमाणपत्र छ। उनी इन्डियन सुपर लिगमा नर्थ ईस्ट युनाइटेडका मुख्य प्रशिक्षक पनि भइसकेका थिए।

उनले गोकुलम केरला एफसीलाई दुईवटा लिग उपाधि दिलाएका थिए। ३८ वर्षीय सन् २०१९ मा एक वर्ष बेलिज राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पनि थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .