ad ad

खेल


सातदोबाटो युथ क्लवलाई चिनियाँ खेल सामग्री उत्पादक कम्पनीको प्रायोजन

सातदोबाटो युथ क्लवलाई चिनियाँ खेल सामग्री उत्पादक कम्पनीको प्रायोजन

नेपालखबर
फागुन १६, २०७९ मंगलबार २०:४२, काठमाडौँ

ए डिभिजन टोली सातदोबाटो युथ क्लवलाई चिनियाँ खेल सामग्री उत्पादक कम्पनी लि निङले प्रायोजन गरेको छ। 

नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जन र सातदोबाटोका अध्यक्ष कपिल राना मगरले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे। 

सम्झौता अनुसार आसन्न ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवको टोलीले चाइना ट्रेड लिङ्कको लिनिङ र युक्यान ब्राण्डको किट प्रयोग गर्नेछ।

एक वर्षका लागि भएको सम्झौता अवधिमा सातदोबाटोले घरेलु मैदानमा हुने खेलमा लिनिङ र घर बाहिर हुने लिगको खेलमा युक्यानको जर्सी प्रयोग गर्ने बताइएको छ।

लिग फागुन १९ गते देखि हुने एन्फाले घोषणा गरिसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .