ad ad

खेल


एक महिनादेखि थुनामा रहेका क्रिकेटर महबुब र आदिल ३ लाख धरौटी बुझाएर छुटे

एक महिनादेखि थुनामा रहेका क्रिकेटर महबुब र आदिल ३ लाख धरौटी बुझाएर छुटे

नेपालखबर
फागुन १०, २०७९ बुधबार २०:१४, काठमाडौँ

एक महिनादेखि हिरासतमा रहेका क्रिकेटर महवुव आलम र आदिल अन्सारी बुधबार साँझ छुटेका छन्।

दुवै जना जिल्ला अदालतले माग गरेको ३ लाख रुपैयाँका दरले धरौटी बुझाएर रिहा भएका हुन्। 

अदालतले माग गरेको धरौटी बुझाएसँग स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीनै जना छुटेका छन्। 

बाराको सिम्रौनगढ ३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको विरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए। महबुब र आदिल एक महिना प्रहरी हिरासतमा परे। नितेश पछि पक्राउ परेका थिए।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले बुधबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

सोही मुद्दामा काठमाडौंको कलंकीका नविन कंडेल र सप्तरीको राजविराजका रबि माझीविरुद्ध पनि मुद्दा दर्ता भएको छ। उनीहरु भने फरार छन्। 

गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टि २० लिगमा उनीहरुले स्पट फिक्सिङमा संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

फिक्सिङमा भारतीयको पनि संलग्नता रहेको सीआईबीले बताएको थियो। तर विदेशीलाई भने मुद्दा चलाइएको छैन। 

उनीहरुलाई खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .