ad ad

खेल


नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक

नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक

कुशल भुर्तेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १६:१४, काठमाडौँ

त्रिकोणात्मक शृंखलामा नेपालका कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका छन्। 

राष्टिय टोलीका ओपनर भुर्तेलले आईसीसी लिग विश्वकप त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्ध शतक प्रहार गरेका हुन्। 

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ४० ओभरको अन्तिम बलमा १ रन लिँदै शतक पुरा गरेका हुन्। कुशलले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरे। 

यो कुशलको वन डे करियरको पहिलो शतक हो। एक दिवसीय खेलमा नेपालका लागि ओपनरले शतक प्रहार गरेको यो पहिलो हो। 

राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा शतक प्रहार गर्ने कुशल चौथो खेलाडी हुन्। 

ओडीआई र एक दिवसीय दुवैमा शतक हान्ने कुशल तेस्रो खेलाडी हुन्। यसअघि पुर्वकप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरिले दुवै फम्र्याटमा शतक हानेका थिए। 

यसअघि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नामिबियाविरुद्ध १ सय ३३ रनको साझेदारी गर्दै कीर्तिमान आफ्नो नाममा गरेका थिए। ३३ ओभरमा १ सय ८६ रन बनाउने क्रममा रोहित र कुशलले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन्। 

यसअघि सन् २०२२ मा घरेलु मैदानमा भएको खेलमा दिपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .