बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ।
गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन टोलीहरु बुधबारसम्म काठमाडौं आइपुग्नेछन्।
प्रतियोगितामा सहभागी हुने १० टोलीका खेलाडीको तौल जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलमा लिइनेछ।
२६ गतेदेखि २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन ४ स्वर्ण पदकको छिनोफानो हुनेछ।
२७ गते ७ र २८ गते ६ स्वर्ण पदक गरी १७ वटा तौल समूहको छिनोफानो हुनेछ। प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिनेछ।
प्रतियोगिताको च्याम्पियन टोलीले उपाधिसहित १ लाख र दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरि १० टोली सहभागी हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न ४९ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।
प्रतिक्रिया