विभागीय टोली नेपाल एपीएफ क्लब केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड स्पोर्टस्सँग पराजित भएको छ।
प्रतियोगिताको फाइनलमा यसअघि नै डायमण्ड र एपीएफले स्थान बनाइसकेका छन्। एपीएफले आजको खेलमा दोस्रो सेट उतारेको थियो।
राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा डायमण्डले एपीएफले ३–१ को सेटमा पाखा लगाएको हो।
लगातार दोस्रो सेटमा हात पारेको डायमण्डले तेस्रो सेट गुमाउन पुग्यो। डायमण्डले एपीएफलाई २५–२१, २५–१९ ले पराजित गरेको थियो। तेस्रो सेट भने डायमण्डले २१–२५ ले गुमाउन पुग्यो। तर चौथो सेटमा डायमण्डले एपीएफलाई २५–२१ ले हराएको थियो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ३ विभागीय र न्यु डायमण्ड स्पोर्टस् क्लब गरि ४ टोली सहभागी छन्।
शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका विजेताले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया