ad ad

खेल


पुलिसलाई हराउँदै एपिएफको विजयी सुरुवात

पुलिसलाई हराउँदै एपिएफको विजयी सुरुवात

नेपालखबर
माघ २१, २०७९ शनिबार १७:३२, काठमाडौँ

नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा एपिएफले पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। 

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो र तेस्रो सेटमा समान २५–२१ र २५–२१ ले पाखा लगायो। 

एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच घोषित भइन्। उनले १० हजार रुपैयाँ र ट्रफी हात पारिन्। 

आजै भएको पहिलो खेलमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले आर्मीलाई ३–० को सोझो सेटमा हराएको थियो। जितसँगै डायमण्ड र एपिएफको समान ३ अंक छ। आर्मी र पुलिसको अंकको खाता खोल्न सकेको छैन।

प्रतियोगिताको विजेताले ३ लाख तथा  उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .