ad ad

खेल


एम्बाप्पे एक्लैले ५ गोल गर्दा पीएसजीको फराकिलो जित

एम्बाप्पे एक्लैले ५ गोल गर्दा पीएसजीको फराकिलो जित

नेपालखबर
माघ १०, २०७९ मंगलबार ८:१७, काठमाडौँ

फरवर्ड केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा पेस डे कासललाई फराकिलो गोल अन्तरले हराएको छ। 

सोमबार राति भएको खेलमा पीएसजीले कालसविरुद्ध ७–० को फराकिलो जित हासिल गरेको हो।

पीएसजीको एकपक्षीय जितमा एम्बाप्पे एक्लैले ५ गोल गरे। नेयमार र कार्लोस सोलरको नाममा एक/एक गोल रह्यो। 

यो सिजन सबै प्रतियोगितामा गोल गरेका एम्बाप्पेले २३ गोल गरिसकेका छन्। पीएसजीका लागि कुनै पनि खेलाडीले एकै खेलमा पाँच गोल गरेको यो पहिलोपटक हो। 

लियोनल मेस्सीलाई विश्रमा दिएको खेलमा एम्बाप्पेले पहिलोपटक अफिसियल खेलमा टोलीको कप्तानी गरेका थिए। जितसँगै पिएसजी प्रि–क्वार्टरफाइनलमा पुगेको छ। पीएसजीले क्वार्टरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .