उल्भरह्याम्पटनले सिटीमाथि ३–२ को जित निकालेको थियो। डिफेन्डिङ च्याम्पियन सिटी गत सिजन जस्तै यस सिजन पनि उपाधि उचाल्न चाहन्थ्यो।
तर पाँच खेलमा हार व्यहोरीसकेपछि सिटीले शीर्ष स्थानको लिभरपुलको अग्रतालाई भेट्नु असम्भव भएको जनाएको छ।
हाल लिगमा लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा छ भने लेस्टर सिटी ३९ अंक सहित दोस्रो स्थानमा छ।
३८ अंक भएको सिटी तेस्रो स्थानमा छ। सिटी लिभरपुलभन्दा १४ अंकले तल छ।
शुक्रबार रातिको खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बीबीसी स्पोर्ट्ससँग भने,‘अब लिभरपुलको अग्रता भेट्टाउनु असम्भव जस्तै छ। यद्यपी हामीसँग लिगमा दोस्रो हुने मौका भने अवश्य छ।’
3
Shares
प्रतिक्रिया