ad ad

खेल


माइकल ओलिसको नाटकीय गोलमा हारबाट जोगियो क्रिस्टल प्यालेस

माइकल ओलिसको नाटकीय गोलमा हारबाट जोगियो क्रिस्टल प्यालेस

नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:७, काठमाडौँ

माइकल ओलिसले अन्तिम समयमा फ्रिकिकमा नाटकीय गोल गरेपछि क्रिस्टल प्यालेस प्रिमियर लिगमा हारबाट जोगिएको छ। 

बुधबार राति भएको खेलमा इन्ज्युरी समयमा ओलिसले फ्रिकिकमा गोल गरेपछि क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडसँग अंक बाँडेको हो।

पहिलो हाफमा १–० ले अग्रता बनाएको युनाइटेड दोस्रो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको हो। 

पहिलो हाफको ४३औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा युनाइटेड लगातार १०औँ जित हासिल गर्ने योजनामा थियो। ब्रुनोले क्रिस्टियन एरिक्सनको पासमा गोल गरेका थिए। 

तर खेलको अन्तिम समयमा ओलिसको नाटकीय गोलमा क्रिस्टल प्यालेसले अंक बाँडेको हो। 

बराबरीसँगै युनाइेड अंक तालिकामा न्यु क्यासललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। युनाइटेडले १ खेलबाट ३९ अंक बनाएको छ। पछिल्लो समय उत्कृष्ट प्रर्दशन गरिरहको क्रिस्टल प्यालेस रोकिने स्थितिमा छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .