ad ad

खेल


राजा र उषा सर्वोत्कृष्ट

राजा र उषा सर्वोत्कृष्ट

नेपालखबर
माघ १, २०७९ आइतबार २०:३६, काठमाडौँ

टिपटप हेल्प नेपालका मुवासर राजा र नेपाल पुलिस क्लबकी उषा भण्डारी सातौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न च्याम्पिनयसिपमा राजा र उषा सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन्।

सर्वोत्कृष्ट खेलाडी बनेका राजा र उषाले  जनही २५ हजार रुपैयाँ पाएका छन्। 

च्याम्पियनसिपमा पुरुषतर्फ उत्कृष्ट स्पाइकर त्रिभुवन आर्र्मी क्लबका दान बहादुर भट्ट, उत्कृष्ट ब्लकर नेपाल पुलिस क्लबका नविन नगरकोटी, उत्कृष्ट सेटर आर्मीकै हरि हजुर थापा, उत्कृष्ट लिब्रो हेल्प नेपालका दिपक थापा, उत्कृष्ट सर्भर हेल्प नेपाल कै मुवासर राजा र उत्कृष्ट प्रशिक्षक हेल्प नेपालका उत्सव खड्का बने।

विधागततर्फका विजेताले जनही १५ हजार रुपैयाँ पाएका छन्। 

महिलातर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी बन्दा उत्कृष्ट स्पाइकर न्यु डायमण्डकी प्रतिभा माली घोषित भइन्।

उत्कृष्ट ब्लकर एपीएफकी कविता भट्ट, उत्कृष्ट सेटर पुलिस क्लबकी कमला पुन, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ बनिन्।

यस्तै उत्कृष्ट सर्भर आर्मीका संगम महतो बन्दा उत्कृष्ट प्रशिक्षक पुलिस कै रुपेश विष्ट बने। उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .